ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुधारिएको व्यवस्था आवश्यक छ : डा. पन्त

बुधबार ०३, मङि्सर २०८२ ०१:२३

धनगढी । प्राध्यापक डा. हेमराज पन्तले अहिलेको व्यवस्था ठिक भए पनि सुधार हुन आवश्यक रहेको बताएका छन् । अग्रलेखको पहिलो वार्षिकोत्सवको अवसरमा कैलालीको धनगढीमा आयोजित `बढ्दो राजनीतिक संक्रमण, निकासको बाटो र सरोकारवालाको भूमिका´ विषयक कार्यक्रममा पन्तले यस्तो बताएका हुन् ।

`हामीले व्यवस्था धेरै फेर्यौ, अहिले संघियता ल्याएका छौं,´ पन्तले भने, `अहिलेको व्यवस्था ठिक छ । तर यहीँ व्यवस्थालाई पनि सुधार गर्न आवश्यक छ ।´ अहिलेको व्यवस्थामा केही विकृति पनि रहेको पन्तले बताए ।

जेनजीका माग अहिलेको सरकारले पूरा गर्नसक्ने अवस्था नरहेको पन्तले बताए । `जतिसक्दो निर्वाचन गरेर जननिर्वाचित सरकारबाट माग पूरा गराउन सक्छ,´ उनले भने ।

पन्तले प्रदेश खारेज गर्न ठिक नहुने बताउँदै पुनर्संरचना गर्न सकिने तर्क गरे । 

प्रतिक्रिया