धनगढी । चुनावको एक साता मात्रै बाकी रहेको अवस्थामा नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुर गएका छन् । उनी स्वास्थ्य उपचारका लागि सिंगापुर गएको बताइएको छ ।
देउवा बुधबार राति ११ः३० को सिंगापुर एयरलाइन्सको उडानबाट प्रस्थान गरेको विमानस्थल सुरक्षास्रोतले जनाएको छ ।
उनी विदेश गएपछि मतदानसमेत नगर्ने तय भएको छ । डडेल्धुराबाट सात पटक चुनाव लडेका देउवा यसपटक उम्मेदवार छैनन् ।
विशेष महाधिवेशनबाट सभापति पद गुमाएपछि उनी निष्क्रिय छन् ।
प्रतिक्रिया