ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा २१ जना फरार प्रतिवादी पक्राउ

बिहिबार ०४, मङि्सर २०८२ १०:५७

धनगढी । कैलालीमा २१ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा लुकीछिपी बसेका २१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

अदालतको फैसला कार्यान्वयनका क्रममा फरार रहेका ती सबैलाई प्रहरीले खोजतलास गरी फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका सबै २१ जनालाई आवश्यक कारबाही तथा फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कैलालीमा बुझाइएको प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया