बारा । बाराको सिमरामा बुधबार भएको झडपको विषयलाई लिएर बिहीबार पनि तनाव भएको छ ।
बिहीबार बिहान ११ बजेदेखि सिमरा चोकमा जेनजीहरु प्रदर्शनमा उत्रिएका छन् । भीड नियन्त्रणमा लिन सामान्य बल प्रयोग पनि गरेको थियो । स्थिति नियन्त्रणमा लिन सिमरा क्षेत्रमा कर्फ्यू लगाइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी छविरमण सुवेदीका अनुसार १२ः४५ देखि साँझ ८ बजेसम्मका लागि कफ्यू लगाइएको बताए ।
प्रतिक्रिया