ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा लागुऔषधसहित तीनजना पक्राउ

शुक्रबार ०५, मङि्सर २०८२ ११:०१

धनगढी । कैलालीमा लागुऔषधसहित तीनजना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–८ नालापानी नजिकबाट सोही ठाउँको भद्र टोल बस्ने ४५ वर्षीय सुरज चौधरीलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

चौधरीलाई चेकजाँच गर्दा उनको साथबाट ६ ग्राम ४० मिलिग्राम खैरो हेरोइन फेला परेको छ । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट मनेहरा कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । 

यसैगरी टीकापुर नगरपालिका–९ खक्रौला चेकपोष्ट नजिक सडक खण्डबाट टीकापुर नगरपालिका–१ ब्लक नम्बर १७ बस्ने २३ वर्षीय खगेन्द्र साउद र टीकापुर नगरपालिका–५ नुक्लिपुर बस्ने २६ वर्षीय दिपक बिष्टलाई पक्राउ गरिएको छ ।

उनीहरुको साथबाट ५६० मिलिग्राम खैरो हेरोइन बरामद भएको छ । इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

प्रतिक्रिया