कञ्चनपुर । जिल्ला सरकारी वकिल कार्यालय महेन्द्रनगर, कञ्चनपुरले जेनजी आन्दोलनका क्रममा कार्यालयमा भएको आगजनी र तोडफोड गर्नेबारे छानबिनको मागसहित प्रहरीमा जाहेरी दिएको छ ।
गत भदौ २४ गते जेनजी समूहले जिल्ला सरकारी वकिल कार्यालयमा आगजनी गर्नुका साथै उपकरण तोडफोड गरेको थियो । कार्यालयको भुइँ तलामा भएको आगजनी र उपकरण तोडफोड गर्नेको छानबिन गरेर कारबाहीको मागसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएको जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरका न्यायाधिवक्ता फटिकराज मुडभरीले बताए ।
मुडभरीका अनुसार जिल्ला सरकारी वकिल कार्यालयमा रहेका कम्प्युटर, फर्निचर र सिसिटिभीलगायतका उपकरणमा भएको तोडफोड र आगजनीबाट १३ लाख ७० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
प्रतिक्रिया