ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

उच्च हिमाली क्षेत्रलाई भेडा हब बनाउछौं : मुख्यमन्त्री शाह

आइतबार ०७, मङि्सर २०८२ ०१:४५

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बाजुराको उच्च हिमाली क्षेत्रलाई भेडा हबको रुपमा विकास गरिने बताएका छन् । 

आइतबार त्यहाँको भ्रमणको क्रममा उनले यस्तो बताएका हुन् । हिमाली क्षेत्रमा भेडा पालनको अत्यधिक सम्भावना रहेकाले भेडा हबको रुपमा विकास गर्ने योजना रहेको उनले बताए । त्यसका लागि आवश्यक प्राविधिक तथा संरचनागत तयारी अगाडि बढाइने मुख्यमन्त्री शाहको भनाइ छ । 

उनले प्रदेश सरकारले हिमाली क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको उल्लेख गरे । मुख्यमन्त्री शाहले हिमाली क्षेत्रमा पाइने औषधिय जडिबुटीको पहुँच अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनका लागि प्रदेश सरकार प्रयासरत रहेको बताए । 

प्रतिक्रिया