धनगढी । रेडियो–अडियोका सञ्चालकसमेत रहेका लोकप्रिय रोडियोकर्मी दीपेन्द्र खनियाँको निधन भएको छ ।
बानेश्वरस्थित घरमा आइतबार दिउँसो उनी मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
उनका अनुसार खनियाँ घरमा झुण्डिएको अवस्थामा भेटिएका हुन् । आफन्तले प्रहरीले खबर गरेपछि घटनास्थलमा प्रहरी पुगेर मुचुल्का उठाउने काम गरिरहेको छ ।
प्रतिक्रिया