ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा प्रहरीकाे सर्च एन्ड स्वीप अप्रेसन : १४९ फरार प्रतिवादी पक्राउ

सोमबार ०८, मङि्सर २०८२ ०३:०५

धनगढी । कैलालीमा एक हप्ताकाे अवधिमा १४९ जना फरार प्रतिवादी पक्राउ परेका छन्र ।

जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले मङ्सिर १ गतेदेखि ७ गतेसम्म १४९ जना फरार प्रतिवादी पक्राउ गरेकाे हाे । कैलाली प्रहरीले सुरू गरेकाे सर्च स्वीप अपरेसनअन्तर्गत फरार प्रतिवादी  पक्राउ गरिएकाे हाे । 

जिल्ला अदालत कैलालीले विभिन्न मितिमा फैसला गरी कैद तथा  जरिवाना तिर्न बाँकी रहेका फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिएका छन् । 

पक्राउ परेका फरार प्रतिवादीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पठाइएको सिंहले बताएका छन् । 

प्रतिक्रिया