सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका–९, काे काँकेबिहार संरक्षण क्षेत्रमा दुई जनाकाे शव फेला परेकाे छ । साेमबार काँक्रेबिहार जंगलमा एक युवक र एक युवती मृत भेटिएका हुन् ।
आज बिहान करिब ११:२० बजे घाँस काट्न गएका स्थानीयले दुवै जना रुखमा झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । सुर्खेत प्रहरीका अनुसार मृतक युवती वीरेन्द्रनगर–१०, खजुरा बस्ने १६ वर्षीया दिपिका चौधरी हुन् ।
यस्तै, मृतक युवक जुम्ला कनकासुन्दरी गाउँपालिका–७ का १८ वर्षीय नरेश खत्री रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।
उनका अनुसार घटनाका विषयमा थप अनुसन्धान जारी छ ।
प्रतिक्रिया