धनगढी । नेकपा एमालेका नेता महेश बस्नेत आउने भएपछि कैलालीको धनगढीमा जेनजी युवाहरूले थालेको प्रदर्शनमा जारी छ । बस्नेतको विरोधमा धनगढीको जेनजी मार्गनजिक हसनपुरमा युवाहरूको समूहले प्लेकार्डसहित प्रदर्शन गरिरहेका छन् ।
सुरक्षा घेरामा जेनजीको प्रदर्शन चलिरहेको समयमा नेपाली सेनाको टोली पनि प्रदर्शनस्थलमा देखिएको छ । सेनाले आफूहरु अलर्ट रहेको सन्देश दिन रेकी गरेको हुनसक्ने आकलन गरिएको छ ।
बुधबार राष्ट्रिय युवा संघले आयोजना गरेको युवा जागरण अभियानलाई सम्बोधन गर्न नेता बस्नेत धनगढी आउँदै छन् । युवा संघका नेताहरुका अनुसार बस्नेत केही समयमा धनगढी पुग्ने कार्यक्रम छ ।
प्रतिक्रिया