ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमको लगातार चौथो जित

बिहिबार ११, मङि्सर २०८२ ०३:१४

विनोद भण्डारीको अर्धशतकमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो विजयी यात्रालाई लगातार चौथो खेलसम्म पनि कायम राखेको छ । सुदूरपश्चिमले बिहीबार त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सविरुद्ध सात विकेटको सहज जित निकाल्यो । 

जितसँगै चार खेलमा आठ अंक जोडेको सुदूरपश्चिमले प्ले अफको सम्भावनालाई बलियो बनाएको छ । लगातार तेस्रो हार व्यहोरेको लुम्बिनी भने संकटमा परेको छ । लुम्बिनीले चार खेलमा दुई अंक जोडेको छ । 

लुम्बिनीले प्रस्तुत गरेको १ सय ४४ रनको लक्ष्य सुदूरपश्चिमले १८.२ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो । सुदूरपश्चिमका लागि विनोदले ४९ बलमा पाँच चौका र चार छक्काको मद्दतले अविजित ६९ रनको योगदान गरे ।  यसैगरी आसिफ शेखले ३९ र क्रिस लिनले १९ रन बनाए । 

लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यान, अभिषेश गौतम र तिलकराज भण्डारीले एक–एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४३ रनको योगफल तयार पारेको थियो । 

लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ३५, दिलीप नाथले ३१, डार्शी र्शट र सुुमित महर्जनले १८-१८ र गुल्बदीन नइमले ११ रन बनाए । सुदूरपश्चिमका लागि अभिनाश बोहरा र हरमित सिंहले तीन–तीन, हेमन्त धामीले दुई तथा स्कट कुगेलेइनले एक विकेट लिए । 

प्रतिक्रिया