ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

पालले जिते ‘दुर्गालक्ष्मी दौडिन्छ’ म्याराथुनको उपाधी

बिहिबार ०७, फागुन २०८२ ०३:०६

धनगढी । अत्तरियामा आयोजित ‘दुर्गालक्ष्मी दौडिन्छ’ म्याराथुन प्रतियोगिताको उपाधी अक्कलबहादुर पालले हातले जितेका छन् ।

दुर्गालक्ष्मी नमुना माविमा गठन गरिएको दुर्गालक्ष्मी पूर्व विद्यार्थी मञ्चले आयोजना गरेको  प्रतियोगितामा पालले प्रथम स्थान हासिल गरेका हुन् ।

दुर्गालक्ष्मी नमुना माविदेखि सुरु भएको दौड प्रतियोगिता गोदावरी पुलमा सम्पन्न भएको थियो । जम्मा साढे ८ किलोमिटरको दौड प्रतियोगिता पालले २९ मिनेट ४५ सेकेन्डमा पुरा गरेका थिए । प्रतियोगितामा द्वितीय भएका सुनिल सुनारले ३३ मिनेटमा दौड पुरा गरेका थिए भने तृतीय भएका प्रदिप खत्रीले ३७ मिनेटमा दौडको अन्तिम बिन्दु पार गरेका थिए ।

उपाधी जितेसँगै पालले नगद २५ हजार ५५५ रुपैयााँ पुरस्कार प्राप्त गरे भने द्वितीय हुन सफल सुनारले नगद १५ हजार ५५५ रुपैया पुरस्कार पाए । तृतीय स्थान हासिल गरेका खत्रीले नगद ५ हजार ५५५ पुरस्कार प्राप्त गरे ।

त्यसैगरी, प्रतियोगितामा उत्कृष्ट महिला सहभागी सृजना पाण्डेयले पनि पुरस्कार प्राप्त गरिन् । प्रयोगितामा सहभागी पुरुष धावकहरुसँगै दौडिएकी उनलाई आयोजकले नगद ५ हजार ५५५ रुपैया प्रदान गरेको थियो । उनी पनि अन्य धावकहरुसँगै दौडको अन्तिम बिन्दुमा पुगेकी थिइन् । 

प्रजातन्त्र दिवसको अवसरमा आयोजित प्रतियोगिताको नारा ‘दौड स्वास्थ्यका लागि, भेटौँ मित्रताका लागि’ रहेको थियो । जसमा दुर्गालक्ष्मी नमुना माविमा अध्ययन गरेका पूर्व विद्यार्थीहरु सहभागि थिए । विद्यालयका पूर्व विद्यार्थीहरुलाई एक अर्कासँग जोड्नका लागि नै प्रतियोगिता आयोजना गरिएको संयोजक भट्टले जानकारी दिए । उनले प्रतियोगिताले अन्तरराष्ट्रियस्तरसम्म रहेका विद्यार्थीहरुलाई एकताको सुत्रमा बाध्ने काम गरिरहेको बताए ।

प्रतिक्रिया