काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का बुबा रामनारायण शाहको निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । उनको केही समयअघि सिभिल अस्पतलमा उपचारकै क्रममा निधन भएको हो ।
शाहका आफन्तका अनुसार उनलाई आइतबार अस्पताल भर्ना गरिएको थियो । पिसाबसम्बन्धी संक्रमणको समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।
अहिले मेयर शाहसहितका आफन्त अस्पताल पुगेका छन् ।
प्रतिक्रिया