धनगढी । एमालेको ११औं महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेश कमिटीले पाँच जना प्रतिनिधि चयन गरेको छ ।
सोमबार बसेको प्रदेश सचिवालय बैठकले सर्वसम्मत रुपमा पाँच जना प्रतिनिधि छनोट गरेको हो ।
प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, उपाध्यक्ष कालीबहादुर शाही, सचिव रणबहादुर चन्द, उपसचिव भागरथी विष्ट र प्रदेश कमिटी सदस्य झुमादेवी चौधरीलाई प्रतिनिधि छनोट गरिएको हो ।
प्रतिक्रिया