धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार निर्वाचनका लागि आवश्यक वातावरण निर्माणमा पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । गृह मन्त्रालय तथा सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले संघीय सरकारसँग सहकार्य गर्दै प्रदेश सरकार काम गर्न सधैं तत्पर रहेको बताए ।
मुख्यमन्त्री शाहले नेपाल प्रहरीलाई साधनस्रोत सम्पन्न तथा मनोबल उच्च बनाउन प्रदेश सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै सुरक्षा निकायलाई अझ सक्षम र प्रभावकारी बनाउनेतर्फ सरकार लाग्नु पर्नेमा जोड दिए ।
उनले संघीय सरकारले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन गर्दा तीनै तहबीचको समन्वय र सहकार्य अझ प्रभावकारी हुने विश्वास राखे । भदौ २३ र २४ गतेका आन्दोलनका विषयमा बोल्दै मुख्यमन्त्री शाहले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न प्रदेश सरकार कटिबद्ध रहेको उल्लेख गरे ।
मुख्यमन्त्री शाहले मुलुकलाइ चुनावी माहोलमा लैजाने क्रममा जनताको इच्छा, आकांक्षा र विश्वासलाई केन्द्रमा राख्नुपर्ने बताए ।
प्रतिक्रिया