ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा अवैध रुपमा रुख कटान : अख्तियारले दियो चासो

शनिबार २०, मङि्सर २०८२ ११:१८

कञ्चनपुरमा अवैध रूपमा कटान गरिएका रुखहरूको अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको छ ।

कृष्णपुर नगरपालिका–७ स्थित गौरीघाट सामुदायिक वन क्षेत्रबाट अवैध रुपमा रुख काटिएको विषय सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगर कञ्चनपुरले अनुसन्धान अगाडि बढाइएको जनाएको हो ।

कार्यालयका प्रमुख वेदप्रकाश भण्डारीले कृष्णपुरमा एकैदिन अवैध तरीकारले रुखहरू काटिएको विषयमा सूक्ष्म ढङ्गले अनुसन्धान अगाडि बढाइएको बताए । 

यस्तै, गौरीघाट सामुदायिक वनमा पहिलो चरणको अनुसन्धान प्रक्रिया अगाडि बढेको सब डिभिजन वन कार्यालय वाणीका प्रमुख भरत शाहले पनि बताएका छन् । सव डिभिजन वन कार्यालय पिपरैयाले बुझाएको प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्दै जाँदा उक्त सामुदायिक वन क्षेत्रबाट १३९ वटा रुखहरू मात्रै नभई १६४ रुखहरू काटिएको तथ्य फेला परेको उनले बताए । सीले बताउनुभयो । 

प्रतिक्रिया