ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडीमा झण्डै २८ हजार मत गणना हुँदा एमालेभन्दा रास्वपा उम्मेदवार ८० मतले अगाडि

शनिबार २३, फागुन २०८२ ०२:०६

धनगढी । बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता कायम राखेको छ । रास्वपाका हरिमोहन भण्डारी एमालेका दामोदर भण्डारीभन्दा झिनो मतले अगाडि छन् । 

२७ हजार ८१४ मत गणना हुँदा रास्वपाका भण्डारीले सात हजार ८७६ मत पाएका छन् । यस्तै एमालेका भण्डारीले उनीभन्दा ८० मत कम सात हजार ७९६ मत पाएका छन् । 

कांग्रेसका चतुरबहादुर चन्द छ हजार ४८४ मतसहित तेस्रो छन् । चन्द क्रिकेट संघ नेपाल क्यानका अध्यक्ष हुन् । नेकपाका प्रमानन्द भट्टले तीन हजार ३१ मत पाएका छन् । 
 

प्रतिक्रिया