कञ्चनपुर । कञ्चनपुर कारागारबाट कैदीबन्दी भगाएको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कञ्चनपुर कारागारमा प्रवेश गरेर कैदी बन्दीहरूलाई भगाउने कार्यमा संलग्न देखिएको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
अनुसन्धानका क्रममा रहेकाले उनीहरूको परिचय भने गोप्य राखिएको प्रहरीले जनाएको छ ।
उनीहरूले गरेको बयानका आधारमा अन्यको पनि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया