धनगढी । कैलालीमा स्कुल बसको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु भएको छ ।
जिल्लाको घोडघोडी नगरपालिका–२ घोडाघोडी नगर अस्पताल नजिक म.प्र. ०३–००१ क २९४१ नम्बरको सनराइज बोडिङ स्कुल बौनियाको बसको ठक्करबाट सोही विद्यालयमा कक्षा १ मा अध्यनरत ८ वर्षीय गोविन्द बिष्टको मृत्यु भएको हो ।
बसबाट झर्ने क्रममा सोही बसको ठक्करबाट बिष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ५७ वर्षीय बस चालक भागीराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया