ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम पृतनामा मनाइयो पृथ्वी जयन्ती

आइतबार २७, पुष २०८२ ०६:१०


कैलाली । ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सुदूरपश्चिम पृतना हेडक्वाटर तेघरीमा विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण तथा सलामी अर्पण गरिएको थियो ।

कार्यक्रम सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी किरण केसीको नेतृत्वमा सम्पन्न भएको हो। कार्यक्रममा नेपाली सेनाका सकलदर्जाका सैनिक लगायत एक हजार २५० सहभागिता रहेको थियो ।

कार्यक्रममार्फत राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै राष्ट्रिय एकता, स्वाधीनता र सार्वभौमिकताको सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया