ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

पेट्रोलियम पदार्थको मूल्य घट्यो, धनगढीमा १५३.५ रूपैयाँ प्रतिलिटरमा पेट्राेल

शुक्रबार ०२, माघ २०८२ १२:१२

धनगढी । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको भने डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटाएको छ । 

निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १५३.५ र डिजेल र मट्टितेल प्रतिलिटर १३३.५ कायम भएको छ । यो मुल्य धनगढी, नेपालगञ्ज, विरजञ्ज, धनुसा, विराटनगर लगायतका तराइँमा निगमनको दिपो भएको क्षेत्रमा लागु हुनेछ । 

सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १५५ र डिजेल र मट्टितेल प्रतिलिटर १३५ रुपैयाँ पर्ने छ । काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ र डिजेल र मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ पर्ने निगमनले जनाएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्यसूची निर्धारण गरेको हो ।
 

प्रतिक्रिया