ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कित्ताकाट नगर्ने मुडमा सुदूरपश्चिम कांग्रेस

शनिबार ०३, माघ २०८२ ०३:३१

धनगढी । विशेषमा महाधिवेशनको विपक्षमा रहेका नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सांसद्हरु तत्काल कित्ताकाट गरेर पार्टीबाट अलग हुने मुडमा छैनन् ।

सुदूरपश्चिममा एमालेको साझेदारीमा प्रदेश सरकार चलाइरहेको कांग्रेसका अधिकांश सांसद् शेरबहादुर देउवा पक्षधर भएपनि उनीहरुले कित्ताकाट गर्न नचाहेका हुन् । तत्काल महाधिवेशन विरुद्ध कित्ताकाट गरेर प्रदेश सरकार ढल्न सक्ने अवस्थामा कांग्रेसका सांसद्हरुले विशेष महाधिवेशनको विरुद्ध नै गएर कित्ताकाट गर्ने मुडमा नरहेको जनाएका छन् ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बिक्रमसिंह धामीले आफूहरुले कांग्रेसान उत्पन्न पछिल्लो परिस्थितिलाई ‘हेर र पर्ख’ को अवस्थामा रहेको बताए । ‘हामी शेरबहादुर देउवाका पक्षमा अटल भएर उभिएकै छौं,’ उनले भने, ‘तर निर्वाचन आयोगले एक प्रकारको फैसला गरेको छ । यो अन्तिम पनि होइन, अन्य कानुनी प्रकृयाहरु पनि बा“की होलान् । केन्द्रबाट के निर्णय आउ“छ, त्यो पनि हेर्नु पर्छ । तत्काल कित्ताकाट गरिहाल्नु पनि आवश्यक छैन ।’

सुदूरपश्चिममा कांग्रेसका प्रदेश सांसदहरुमा एक जना बाहेक सबै विशेष महाधिवेशन प्रकृयाको विरोधमा रहेकाहरु छन् । निर्वाचन आयोगको शुक्रबारको निर्णयबाट विशेष महाधिवेशनले बैधता पाइसकेको र नया“ निर्वाचित कार्य समितिले कार्य थालनी गरिसकेको अवस्थामा विशेष महाधिवेशनको विरोधमा रहेका प्रदेश सांसदहरु के गर्छन्, प्रदेश सरकार के हुन्छ भन्ने चासो उत्पन्न भएको छ । 

सुदूरपश्चिममा कांग्रेसका १८ सांसदमध्ये १६ जना देउवा पक्षधर, एक जना शेखर कोइराला पक्षका र एक जना विशेष महाधिवेशन पक्षधर सांसद हुन् । विधायन तथा प्रदेश मामिला समितिका सभापति समेत रहेका दिवानसिंह बिष्ट शेखर कोइराला पक्षधर हुन् भने सांसद जुना दानी एक मात्र विशेष महाधिवेशनमा खुलेकी सांसद हुन् । मुख्यमन्त्री कमलबहादुर शाहसहित १६ जना सांसद शेरबहादुर देउवा निकट सांसद हुन् । 
 

प्रतिक्रिया