धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशका २ निर्वाचन क्षेत्र बाहेक सबै क्षेत्रमा उम्मेद्वार टुंग्याएको छ ।
नेकपाका नेता जनक बुढाका अनुसार कैलालीको २ र ५ नम्बर बाहेक सबै निर्वाचन क्षेत्रमा उम्मेद्वारको टुंगो लागेको छ । उनका अनुसार कैलालीको निर्वाचन क्षेत्र नं. १ मा रामलाल डगौराथारु, ३ मा विरमान चौधरी र ४ मा हरि चौधरी उत्सवले टिकट पाएका छन् ।
कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा विना मगर, २ मा लालबहादुर खड्का र ३ मा मानबहादुर सुनारको नाम टुङ्गो लागेको छ । अछामको निर्वाचन क्षेत्र नम्बर १ मा भीम रावल र २ मा शरदसिंह भण्डारी उम्मेदवार बन्ने पक्का भएको बुढाले बताए ।
यसैगरी, बाजुरामा प्रकाशबहादुर शाह, डोटीमा त्रिलोचन भट्ट, डडेल्धुरामा मानसिंह माल, दार्चुलाबाट लक्ष्मणदत्त जोशी, बैतडी परमानन्द भट्ट र बझाङमा मीनबहादुर कुँवर विश्वासले टिकट पाएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपाले उम्मेद्वार टुग्याएको हो । कैलालीको ४ र ५ मा पनि छिट्टै उम्मेद्वार टुंगाे लाग्ने बुढाले बताए ।
प्रतिक्रिया