धनगढी। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले सुदूरपश्चिममा दुई जना उम्मेदवार टुंग्याएको छ ।
कांग्रेसले बाजुरा जिल्लामा जनक गिरी र बैतडीमा चतुरबहादुर चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उम्मेदवार टुंग्याउन कांग्रेसको नव गठित समितिको बैठकले एक-एक मात्रै निर्वाचन क्षेत्र रहेको बाजुरामा गिरी र बैतडीमा चन्दलाई उम्मेदवार बनाएको हो ।
योसंगै कांग्रेसले देशभरबाट १७ निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । सभापति गगन थापाले नेताहरूसँगको छलफलपछि १७ स्थानका उम्मेदवार टुंग्याएका हुन् ।
हुम्लामा जयपति रोकाया, मुगुमा खड्ग बहादुर शाही, जुम्लामा दीप बहादुर शाही, डोल्पामा कर्ण बहादुर बुढा, कालिकोटका हर्ष बम, दैलेख १ मा दिक्पाल शाही, दैलेख २ मा बासना थापा, सल्यानमा केश बहादुर विष्ट, पूर्वी रूकुममा कुसुम थापा मगर, रोल्पामा डा. सुधन कुमार ओली, प्युठानमा डा. गोविन्दराज पोखरेल, ताप्लेजुङमा गजेन्द्र तुम्येहाङ, पाँचथरमा नरेन्द्र केरूङ, तेह्रथुममा सन्तोष सुब्बा र धनकुटामा दिनेश राईलाई उम्मेदवार छानेको कांग्रेसले जनाएको छ ।
प्रतिक्रिया