काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसमा निर्वाचनको मतदानमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले फागुन २०, २१ र २२ गते तीन दिन सार्वजनिक बिदा गर्न सरकारलाई सिफारिस गरेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदातालाई मतदान गर्न सहज होस् भनेर यस्तो सिफारिस गरिएको हो ।
फागुन १८ गते सोमबार पहाडी जिल्ला र फागुन १९ गते मंगलबार तराईका जिल्लामा फागु पूर्णिमा अर्थात् होली पर्वको सार्वजनिक बिदा परेको छ । तीन दिन सार्वजनिक बिदा दिँदा विभिन्न पेसा र व्यवसायमा मतदाता नामावली भएको स्थानबाट टाढा रहेका मतदातालाई मतदानस्थलसम्म जान सहज हुने विश्वास गरिएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन यही फागुन २१ गते देशभर हुँदैछ । अहिले दल तथा उम्मेदवार निर्वाचन प्रचारमा रहेका छन् ।
प्रतिक्रिया