ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

विशेष महाधिवेशनको विरोध गर्दै कांग्रेस सुदूरपश्चिमका सदस्य बिष्ट एमालेमा प्रवेश

सोमबार ११, फागुन २०८२ ०२:४३

बैतडी । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य जनक बिष्टले काङ्ग्रेस परित्याग गरि एमाले प्रवेश गरेका छन् ।

बैतडीको पुर्चौडीमा एमालेले आयोजना गरेको चुनावी सभामा कांग्रेस प्रदेश कमिटी सदस्य बिष्टलाई स्वागत गरेको हो ।

विधि पद्धति बाहिर गएर महाधिवेशन गरी देउवालाई गलत्याएको भन्दै बिष्टले पार्टी परित्याग गरेको बताएका छन् ।

‘जेनजी आन्दोलनका क्रममा घाइते भएका सभापति देउवाको शीघ्र स्वास्थ्य लाभको कामनासम्म भन्न सकेनन् कसैले, अहिले विधि पद्धतिबाहिर गएर नयाँ कांग्रेस बनाएका छन्, त्यो मलाई मन परेन,’ बिष्टले भने ।


बैतडीमा एमालेक तर्फबाट उम्मेदवार बनेका दमोदर भण्डारीलाई जिताउन आफू लागिपर्ने उनले बताएका छन् ।

प्रतिक्रिया