धनगढी । कैलालीको धनगढीमा भएको निता स्मृति राष्ट्रिय उसु प्रतियोगितामा सुदूरपश्चिम प्रदेश प्रथम भएको छ । पुस १४ गतेदेखि सुरु भएको प्रतियोगितामा सुदूरपश्चिमले ९ स्वर्ण, ४ रजत र एक कास्य पदकसहित १४ पदक जितेर पहिलो भएको हो ।
नेपाल पुलिस क्लबले ११ पदकसहित दोस्रो स्थान हासिल गर्यो । गण्डकी प्रदेशले ७, लुम्बिनीले ७, कर्णालीले ४, र बागमतीले १ कास्य पदक जितेका छन् ।
जुनियरतर्फ पनि सुदूरपश्चिम प्रथम भएको छ ।
प्रतियोगितामा पाँच प्रदेश र एउटा विभागीय गरि ६ टिमको सहभागिता रहेको थियो । सिनियर र जुनियरतर्फ सान्सौ विधामा ८८ पदकका लागि प्रतिस्पर्धा भएको आयोजक सुदूरपश्चिम प्रदेश उसु संघले जनाएको छ ।
प्रतिक्रिया