धनगढी । कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । आइतबार बेलुका धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट गोदावरी नगरपालिका-३ बस्ने २० वर्षका सुवास थापा र राजपुर आयुर्वेदिक अस्पताल नजिकबाट सोही ठाउँ बस्ने १८ वर्षीय किशोर पक्राउ परेका हुन् ।
थापालाई १२० मिलिग्राम र किशोरलाई ६४० मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको बताएको छ । प्रहरीले दुवै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया