कैलाली । टीकापुर उद्योग वाणिज्य सङ्घको आयोजनामा यही पुस २५ गतेबाट टीकापुर महोत्सव २०८१ सुरु हुने भएको छ । महोत्सवको तयारी तीव्र पारिएको र पण्डाल निर्माण अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
‘औद्योगिक, सांस्कृतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावना, समृद्ध सुदूरपश्चिमको परिकल्पना’ भन्ने नाराका साथ सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव हुन लागेको हो ।
वाणिज्य सङ्घका महासचिव नवराज रिमालले महोत्सवमा सर्वसाधारणका लागि एक सय टिकट शुल्क लाग्ने र विद्यार्थीलाई ५० प्रतिशत छुट दिइने बताए । त्यस्तै एकल महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाले भने निःशुल्क प्रवेश पाउनेछन् ।
महोत्सवभित्र जम्मा दुई सय स्टल रहने छन् । हालसम्म ९० प्रतिशत स्टल बुक भइसकेको वाणिज्य सङ्घका सदस्य तथा स्टल संयोजक बमबहादुर ओलीले बताए ।
प्रतिक्रिया