डडेल्धुरा । डडेल्धुराको परशुराम–५ परिगाउँस्थित परशुराम धाममा यही पुस २९ गते मकर मेला लाग्दैछ । सुदूरपश्चिम प्रदेशको प्रशिद्ध धार्मिक तथा पर्यटकीय स्थल परशुराम धाममा हरेक वर्ष पुस मसान्तको राति रतेडी र माघ १ गते बिहान गङ्गा स्नानसहित मकर मेला लाग्ने गर्दछ ।
नगरपालिकाले मकर मेलाको तयारीलाई तीव्र पारेको छ भने सो दिन वडा नम्बर ६ ले निःशुल्क दाउरा वितरण गर्ने भएको छ । वडाअध्यक्ष खगेन्द्रबहादुर सिंहले तिर्थालु भक्तजनलाई चिसोबाट जोगिनका लागि निःशुल्क दाउरा विरतरण गरिने बताए ।
परशुराम मेलामा डडेल्धुराका विभिन्न शिवालयका देउरा समेत स्नानका लागि आउने गरेका छन् । त्यसैगरी डोटी, बैतडी तथा भारतबाटसमेत भक्तजनहरु स्नानका लागि आउने गर्दछन् । नगरपालिकाले परशुराम तिर्थको प्रचार–प्रसार एवं संरक्षणका लागि भौतिक संरचना निर्माण गरिरहेको छ ।
प्रतिक्रिया