ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा ‘दिन पुगोस्-खान पुगोस्’ अभियान : न्यानो कपडा वितरण

मङ्गलबार २३, पुष २०८१ ०२:२७

धनगढी । धनगढीका विद्यालयमा ‘दिन पुगोस्, खान पुगोस्’ अभियान अन्तर्गत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिँदैछ । धनगढीका युवा व्यवसायी घनश्याम भट्ट नेतृत्वको टोलीलले सुरु गरेको सो अभियान अन्तर्गत सेमबार धनगढी उपमहानगरपालिका-११ स्थित बेला आधारभूत विद्यालयमा अध्ययनरत १२० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । 

विद्यार्थीहरुलाई स्विटर र टोपी वितरण गरेको भट्टले बताए । मंसिर १५ गतेबाट सुरु गरिएको अभियान अन्तर्गत गाउँमा रहेका अति विपन्न व्यक्ति, आश्रित बालबालिका तथा विपन्न परिवारका विद्यार्थी पढ्ने विद्यालयहरुमा न्यानो लुगा वितरण कार्यक्रम सञ्चालन गरिएको उनले बताए । 

यसआघ धनगढी-१३ को भगवती आधारभूत विद्यालयमा अध्यायनरत ५० जना, धनगढी-१२ को बेहडाबाबा आधारभूत विद्यालयका १३७ जना र धनगढी-३ को शिवपावर्ती आधारभूत विद्यालयका ६० जना विद्यार्थीलाई झोला, स्विटर र टोपी वितरण गरिएको थियो । विद्यालयले छनौट गरेका विपन्न विद्यार्थीहरुलाई सो सामान उपलब्ध गराइएको थियो ।

यसका साथै आमाको माया छात्रबासमा कम्बल सहयोग गरिएको छ भने धनगढी-१३ स्थित निङ्गलाशैनी विद्यापिठमा अध्ययनरत बटुकहरुलाई सिरक वितरण गरिएको छ ।अभियानले दृष्टी फाउण्डेशन लगायत समस्यामा परेका विभिन्न नागरिकलाई सिरक वितरण गरिसकेको छ । आगामी दिनमा यो अभियान निरन्तर चल्ने जनाइएको छ ।

प्रतिक्रिया