ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

‘पटकपटक कम्पन हुँदैमा ठुलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’

मङ्गलबार २३, पुष २०८१ ०४:४३

काठमाडौं । पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न नमिल्ने भूकम्पविद्हरूले बताएका छन् । भूकम्पको भविष्यवाणी गर्न नमिल्ने उनीहरूको भनाइ छ ।

खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले पटकपटक भूकम्प जाँदैमा तत्काल अर्को ठूलो भूकम्पको जोखिम रहन्छ भन्ने नभएको बताए ।

भूकम्पको भविष्यवाणी गर्न सम्भव नभएको उनले उल्लेख गरे । आज बिहान चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर गएको शक्तिशाली भूकम्प गएको थियो ।

उक्त भूकम्पको धक्का काठमाडौंसहित मुलुकको पूर्वी भेगमा महसुस भएको अधिकारीले बताए ।

'पटकपटक भूकम्प गइरहेको स्थानमा भूकम्पको शक्ति जम्मा भइरहेको हुन्छ । उक्त ठाउँमा स–साना भूकम्प गइरहेका हुन्छन् भने भविष्यमा ठूलो भूकम्प जान सक्ने सम्भावना हुन्छ,' उनले भने, 'तर अहिलेसम्म भूकम्प जाने भविष्यवाणी भने गर्न सकिएको छैन ।' रासस

प्रतिक्रिया