धनगढी । कैलाली र कञ्चनपुरमा दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-३ बस्ने २४ वर्षका सुनिल राना र भीमदत्त नगरपालिका-६ ऐठपुर बस्ने अन्दाजी ५३ वर्षका कृष्णदेव पन्त मंगलबार पक्राउ परेका हुन् ।
जिल्ला अदालत कैलालीको फैसलाले लागुऔषध खैरो हिरोइन मुद्दामा १ महिना ९ दिन कैद सजाय र २ हजार रुपैयाँ जरिबाना तोकिएका रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले उनकै घरठेगानाबाट पक्राउ गरेको जनाएको छ ।
त्यसैगरी, जिल्ला अदालत कञ्चनपुरको फैसलाले सवारी ज्यान मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएका पन्तलाई वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको टोलीले पक्राउ गरेको बताएको छ ।
प्रतिक्रिया