धनगढी । कैलालीमा बुधबार प्रतिबन्धित औषधीसहित एक जना क्लिनिक सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका-६ बस्ने ४५ वर्षीय हेमराज सुवेदी रहेका छन् ।
उनको खेमलता क्लिनिकबाट प्रतिबन्धित औषध ९४८ ट्याबलेट पेगारोन र ४३ ट्याबल्ट लोमुज कम्पनी पिजीएबी बरामद गरिएको कैलालीका डीएसपी कबिन्द्रसिंह बोहराले बताए । सुवेदीलाई आवश्यक कारबाहीका लागि औषधी व्यवस्था विभागमा बुझाइएको कैलाली प्रहरीले जनाएको छ ।
प्रतिक्रिया