सिरहा । अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर सिरहामा एक जनाको मृत्यु भएको छ । गोलबजार नगरपालिका-८ बस्ने ३५ वर्षीय मोहमद अक्तर अलीको मृत्यु भएको जिल्ला प्रहरी सिरहाले जनाएको हो ।
मधुमेह रोगबाट ग्रसित अक्तरको न्यानो कपडा र राम्रो वासस्थान नहुँदा जाडो खप्न नसकेर मृत्यु भएको उनका छोरा सलमानले बताए ।
प्रतिक्रिया