धनगढी । विशेष अदालतले टीकापुरको जग्गा अनियमितता मुद्दामा ८७ जनालाई दोषी ठहर गर्यो । कैलालीको टीकापुर बजार क्षेत्रको ६ बिगाहा १८ कट्ठा १० धुर सरकारी जग्गा नक्कली कागजातका आधारमा व्यक्ति विशेषको नाममा हक हस्तान्तरण गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोमा बिहीबार फैसला गर्दै ८७ जनालाई दोषी ठहर गरेको हो । एक सय ६२ जनाले भने सफाइ पाए ।
दोषी ठहर हुनेमा पदाधिकारी र कर्मचारीसमेत ११ जना तथा जग्गा खरिद गर्ने ७६ जना छन् । उनीहरुलाई कैद र जरिवानासहित उनीहरुको नाममा कायम भएको जग्गा जफत हुने फैसलामा उल्लेख छ ।
विशेष अदालतले टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशी, उपसमिति संयोजक गणेशसिंह रावललगायत सदस्यहरू श्याम खत्री, बमबहादुर बम, देवेन्द्रबहादुर कुँवर, पदमराज न्यौपाने, खडगबहादुर शाह, अम्बादत्ता जोशी, योजना प्रमुख बलबहादुर कडायत, नापी अधिकृत मानबहादुर चन्द र मालपोत अधिकृत जयबहादुर विष्टलाई दोषी ठरह गरेको हो । कसुरको मुख्य जिम्मेवारीमा रहेको भन्दै अदालतले जोशी र रावलाई डेढ वर्ष कैद र १३ लाख सात हजार तीन सय जरिवाना तोकेको छ । जोशीलाई थप तीन महिना कैद हुने फैसलामा उल्लेख छ । अन्य पदाधिकारी र कर्मचारीलाई भने तीन महिना कैद र १३ लाख सात हजार तीन सय जरिवाना तोकिएको छ ।
दोषी ठहर भएका अन्य जग्गाधनी ७६ जना छन् । उनीहरुलाई तीन महिना कैद र बिगोअनुसारको जरिवाना तोकिएको छ । जग्गाधनी अर्जुनप्रसाद कठायत, अशोक स्वाँर, इन्द्रादेवी भण्डारी, चक्रप्रसाद जैसी, डम्मरदेवी कुँवर, ताराकुमारी थापा, दलबहादुर विष्ट, दुर्गा रावल र देवकला बिष्ट, धनबहादुर बम, पदमराज जोशी, पवित्रा जैसी, भवानीप्रसाद पण्डित, मणिराज देवकोटा, मदनकुमार भट्टराई, महादेव थारू चौधरी, मेदेनी रावल, रतनदेवी रावल, लालबहादुर साउद, बिमादेवी कुँवर, शारदादेवी विष्ट, सुशीला हमाल, संगीता स्वाँर, हर्कबहादुर विष्ट, हिमा रावल, अरुणा केसी, अर्चना बम, आरती बम, ईश्वरी कुँवर, ईश्वरी विश्वकर्मा, कमलबहादुर धामी, कमलादेवी न्यौपाने, कलशा कुँवर, काशीलाल खत्री र कोकिला भण्डारीलाई तीन महिना कैद र बिगोअनुसारको जरिवाना सजाय भएको छ ।
गणेशबहादुर खड्का, चन्द्रप्रकाश सोडारी, चेतराज जोशी, झपटसिंह बोहरा, टेकबहादुर रावल, तपेन्द्रबहादुर शाह, तिलकबहादुर विष्ट, दीपा ठकुल्ला, दुर्गादेवी बुढा, देवसरा भण्डारी, नन्दराम धमला, नामसराकुमारी शाह, पदमराज कठायत, परमानन्द जोशी, पशुपति रावल, पार्वतीदेवी भण्डारी, पूर्णप्रसाद शर्मा, पुष्पादेवी रावल, प्रवीण पौड्याल, प्रेमप्रसाद कठायत जैसी, भद्रा रोका क्षेत्री, भवानीप्रसाद जैसी, भारतीदेवी कडायत, मानबहादुर कुँवर, मीनादेवी थापामगर, रामबहादुर कडायत, रेखा आचार्य, लक्षिराम रिमाल, लक्ष्मीदेवी कुँवर, लक्ष्मीप्रसाद जैसी, लोगराज कठायत, वसुन्धरा कुँवर, विनिता न्यौपाने, सिद्धराज जैसी, सुनितादेवी रावल, सूर्यबहादुर रावल, तर्कराज टमाटा, मीनराज गिरी, रमेश खत्री, नरेशकुमार खत्री र हरिबहादुर कडायतलाई पनि कैद र जरिवाना तथा जग्गा जफतको फैसला भएको छ ।
यस्तै, कसुरमा सहभागी हुने प्रमाण अभावमा केशरबहादुर कुँवर र राजु आचार्यले भने सफाइ पाएका छन् । उनीहरुको जग्गा भने जफत हुने फैसलामा उल्लेख छ ।
प्रतिक्रिया