धनगढी । कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका शुक्लाफाँटा नगरपालिका-११ का ६० वर्षीय प्रेमबहादुर रानाको मृत्यु भएको छ । उनको बिहीबार राति १२ बजेतिर भारतको रूद्रपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले बताए ।
उनका अनुसार रानालाई पुस २३ गते कलुवापुरमा से १ त १३२८ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका रानालाई उपचारका लागि धनगढीस्थि निसर्ग अस्पताल ल्याइएको थियो । बिहीबार निसर्गबाट भारत रिफर गरिएका रानालाई अस्पतालले मृत घोषणा गरेको हो ।
ट्याक्टर चालक बेलौरी नगरपालिका-४ का ४० वर्षीय बीरबहादुर चौधरीलाई शुक्रबार नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक शर्माले बताए । चौधरीमाथि सवारी ज्यान मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइएको उनले बताए ।
प्रतिक्रिया