काठमाडौँ । नेपाल बिमा प्राधिकरण अध्यक्षका लागि आवेदन खुलेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवप्रसाद अधिकारीको संयोजकत्वमा गठित अध्यक्ष सिफारिस समितिले प्राधिकरण अध्यक्षका लागि शुक्रबार आवेदन आह्वान गरेको हो ।
बिमा ऐन २०७९ को दफा ८ ९१० बमोजिमको योग्यता अर्थात् तोकिएको विषयमा स्नातकोत्तर उत्तीर्ण गरी कम्तीमा ५ वर्ष उच्च व्यवस्थापकीय अनुभव भएको व्यक्तिले अध्यक्षको लागि १५ दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन दिन ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको व्यक्ति हुनुपर्ने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया