धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । माघीको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
थारू समुदायको माघी पर्व पुसको अन्तिम दिनदेखि नै सुरु हुने भएकाले आज प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
प्रदेश राजपत्रमा पनि २९ पुसमा जिता पर्व भनेर उल्लेख छ । पुस अन्तिम दिन थारू समुदायमा बंगुर (जिता) मारेर सामूहिक रूपमा पर्व मनाउने प्रचलन रहेको छ । १ माघमा भने संघीय सरकारले राष्ट्रिय पर्वका रूपमा नै बिदा दिएको आएको छ ।
प्रतिक्रिया