एजेन्सी । इजरायलको न्याय मन्त्रालयले गाजा युद्धविराम र बन्धक मुक्त गर्ने स्विकृत सम्झौताको पहिलो चरणअन्तर्गत ७३७ जना कैदीबन्दीलाई रिहा गर्ने जनाएको छ ।
इजरायलले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिअनुसार सरकारले अहिले कारागार सेवाको हिरासतमा रहेका ७३७ कैदी तथा बन्दीलाई रिहा गर्न स्वीकृति दिएको छ । मन्त्रालयले पुरुष, महिला र बालबालिकालाई स्थानीय समयअनुसार भोलि बिहानको दुई बजे रिहा गर्ने जनाएको छ ।
प्रतिक्रिया