काठमाडौँ । मन्त्रिहरु हेरफेर र बीआरआईको विषयलाई लिएर सत्तारुढ कांग्रेस र एमालेबीच खटपट भएको खबरहरु बाहिरिएका छन् । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली केही मन्त्रिहरु हेरफेरको पक्षमा छन् भने कांग्रेस सभापति देउवाले ओलीको इच्छाप्रति समर्थन जनाएका छैनन् ।
प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका बेला बीआरआईका सन्दर्भमा पनि दुुई दलका शीर्ष नेताहरुबीच मत नमिलेपछि खटपटको अवस्था आएको हो । यद्यपी साझा धाराण् बनाउनका लागि बुुधबार सा“झसम्म दुुबै दलका शीर्ष तहका नेता विभिन्न चरणमा छलफल र परामर्श गरिरहेका छन् ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा चीनको रणनीतिक परियोजना बेल्ट एण्ड रोड इनिशटिभ (बीआरआई) कार्यान्वयन सम्बन्धि सम्झौतामा पूर्ण अनुदान हुनुपर्ने कांग्रेसको मत छ भने एमालेले भने ऋण लिएरै भएपनि सम्झौता गरेर कार्यान्वयन गर्नुपर्ने पक्षमा छन् ।
प्रतिक्रिया