धनगढी । नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सहकारी ठगी बढ्दै गइरहेको बताएका छन् । आइतबार सुदूरपश्चिम प्रदेशसभाको पाँचौँ अधिवेशनको १३औँ बैठकमा बोल्दै उनले सुदूरपश्चिमका जिल्लाहरुमा पनि कथाकथित् रविहरु उदाएको बताएका हुन् ।
रावलले डडेल्धुरामा पनि कुनै सहकारीले बचतकर्ताको ४० करोड बढी बचत लगेर भागेको सुनाए । ‘सहकारीको क्षेत्रमा यहाँ पनि कतिपय कथाकथित् रविहरु उदाएका छन्,’ उनले भने, ‘डडेल्धुरामा म अस्ति एउटा सहकारीको उद्घाटन गर्न गए, ४० करोडभन्दा बढी जनताको बचत आज कुनै अमुक एउटा सहकारीले लिएर भागेको छ ।’
नेता रावलले छानबिन कमिटी गठन गरेर सहकारी भित्रका गलत क्रियाकलापहविरुद्ध अगाडि बढ्नुपर्ने बताए ।
प्रतिक्रिया