ट्रेन्डिङ

२४ घण्टाका ट्रेन्डिङ अपडेट

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा गृहमन्त्री लेखकले भने– मन्त्री हेरफेरको कुरा उठेको छैन

बिहिबार ०६, मङि्सर २०८१ ११:०९

धनगढी । गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषद्मा हेरफेरको कुरा आजसम्म नचलेको बताएका छन् । बिहीबार धनगढीमा प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

‘हामी प्रधानमन्त्रीय प्रणालीमा छौं,’ उनले भने, ‘प्रधानमन्त्रीले जुनसुकै बेला मन्त्री हेरफेर गर्नसक्ने कुरा हुन्छ । तर, आजको समयसम्म त्यसबारे कुनै कुरा उठेको छैन ।’ उनले ०८४ को निर्वाचनसम्म कांग्रेस र एमालेको वर्तमान गठबन्धन कायम रहनेमा कुनै शंका नरहेको दाबी गरे । 

मन्त्री लेखकले गृह जिल्ला कञ्चनपुरमै भएको निर्मला पन्त बलात्कार तथा हत्याको अनुसन्धान जारी रहेको बताए । 
 

प्रतिक्रिया