ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

पश्चिम सेतीमा बगिरहेका सपना, कहिले होलान् पूरा ? (भिडिओ)

बिहिबार ०६, मङि्सर २०८१ १२:०८

धनगढी । सात सय ५० मेघावाटको पश्चिम सेती निर्माण हुने चर्चा चलेको ४२ वर्ष बितेको छ । ०३९ सालदेखि पश्चिम सेती परियोजन निर्माण हुने चर्चा चलेको थियो ।

त्यसपछि डोटी, डडेल्धुरा, बैतडी र बझाङ हुँदै बग्ने पश्चिम सेती नदीमा विद्युत आयोजना निर्माण गर्ने प्रस्तावसहित विभिन्न कम्पनीले हात हाले । ४२ वर्षअघि फ्रान्सेली कम्पनी सोग्रेहले अध्ययन गरी विद्युत उत्पादन गर्न सकिने प्रस्ताव गरेको थियो । 

०५४ सालमा सरकारले स्मेकलाई आयोजनाको निर्माणको अनुमति नै दियो । ०६६ सालमा सरकारले स्मेकसँगको सम्झौता तोड्यो । ०६८ सालमा चीनको थ्री गर्जेजसँग विद्युत आयोजना निर्माणको लागि समझदारी पत्रमा हस्ताक्षर भयो । थ्री गर्जेजले पनि आयोजना बनाउन अस्वीकार गरेपछि अहिले भारतको एनएचपिसी लिमिटेडले पश्चिम सेती बनाउने भनिएको छ । 

तर, पश्चिम सेती निर्माणको सपना पूरा हुनेमा सुदूरपश्चिमबासी विश्वस्त हुन सकेका छैनन् ।  ‘गायत्री मन्त्र’ जस्तै भएको पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण नहुँदा प्रभावित हुने क्षेत्रका बासिन्दा सबैभन्दा बढी निराश छन् । 

यता नेताहरु भने पश्चिम सेती निर्माण हुने बताउँदै आएका छन् । २९ कात्तिकमा गृह जिल्ला डडेल्धुरामा रहेका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत् आयोजना बन्ने भइसकेको बताएका थिए । 


भारतले पश्चिम सेती बनाउन लागेको उल्लेख गर्दै यो योजना बने राम्रो हुने उनको भनाई थियो । भारतको नवरत्न कम्पनी एनएचपिसी लिमिटेडले पश्चिम सेती र सेती नदी–६ एसआर–६ जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डिपिआर मस्यौदा लगानी बोर्डलाई बुझाएको उनको भनाई थियो । 


प्रतिक्रिया