धनगढी । कैलाली उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि भएको मतदानपछि मतगणना जारी छ । निर्वाचन समितिका अनुसार अहिलेसम्म एक हजार सात सय मतगणना भएको छ । अब दुई सय ४० मत गन्न बाँकी छ ।
अध्यक्षमा पुष्करराज ओझाले सुरुवातदेखिको अग्रता कायमै राखेका छन् । ओझाले ८३८ मत पाएका छन् भने रुपेश स्वाँरले ७७२ मत पाएका छन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा केशवराज जोशीको जित निश्चित भएको छ । १७ सय मतगणनामा उनले ८३७ मत पाएका छन् भने उनका प्रतिद्धन्द्धी ओम बिष्टले ४८४ मत पाएका छन् । २४० मतगणना बाँकी रहँदा दुई जनाबीचको अन्तर ३५३ मतको छ ।
यस्तै उद्योग उपाध्यक्षमा लक्ष्मणराज पन्तको जित पनि लगभग निश्चित छ । उनले ८५९ मत पाउँदा बासुदेव भट्टले ६४० मत पाएका छन् । उनीहरुबीच २१९ को मतान्तर छ ।
यस्तै वाणिज्य उपाध्यक्षमा गगनराज केसीको जित सुनिश्चित भएको छ । केसीले ८८१ मत पाउँदा राधिका चौधरीले ६१९ मत पाएकी छिन् । यस्तै कोषाध्यक्षमा तिलकबहादुर बोहरा र सचिवमा प्रकाशकुमार चन्दको पनि जित सुनिश्चित भएको छ ।
उपाध्यक्ष एसोसियटमा मनोज अग्रवालले ५१८, कविन्द्र पन्तले ४९१ र अनिल कुमारले ४६७ मत पाएका छन् । उपाध्यक्ष बस्तुगतमा भीमराज ओझा अब्बु जित नजिक छन् । उनले ८१२ मत पाएका छन् भने सिद्धराज पनेरुले ७०५ मत पाएका छन् ।
महासचिवमा भने सुरुवातदेखि नै कडा प्रतिस्पर्धा छ । १७ सय मतगणाना हुँदा दिनेश लम्सालले ७९८ र सुरेश पाण्डेले ७३३ मत पाएका छन् ।
प्रतिक्रिया