धनगढी । कैलाली उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि भएको मतदानपछि मतगणना जारी छ । निर्वाचन समितिका अनुसार अहिलेसम्म एक हजार दुई सय मतगणना भएको छ ।
अध्यक्षमा पुष्करराज ओझाले सुरुवातदेखिको अग्रता कायमै राखेका छन् । एक हजार दुई सय मतगणना हुँदा ओझाले ५९६ मत पाएका छन् भने रुपेश स्वाँरले ५४३ मत पाएका छन् ।
दुई हजार तीन सय ३५ मतदाता रहेकोमा एक हजार नौ सय ४० मत खसेको थियो । नौ पदाधिकारी र १३ सदस्य गरि २२ पदका लागि भइरहेको निर्वाचनमा ५० जना उम्मेदवार छन् ।
प्रतिक्रिया