ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली उद्योग वाणिज्य संघ निर्वाचन : ओझाले बढाए मतान्तर, कसको मत कति ?

आइतबार २६, असोज २०८२ ०४:४२

धनगढी । कैलाली उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि भएको मतदानपछि मतगणना जारी छ । निर्वाचन समितिका अनुसार अहिलेसम्म आठ सय मतगणना भएको छ ।

अध्यक्षमा पुष्करराज ओझाले सुरुवातदेखिको अग्रता कायमै राखेका छन् । आठ सय मतगणना हुँदा ओझाले ४०० मत पाएका छन् भने रुपेश स्वाँरले ३५७ मत पाएका छन् ।

दुई हजार तीन सय ३५ मतदाता रहेकोमा एक हजार नौ सय ४० मत खसेको थियो । नौ पदाधिकारी र १३ सदस्य गरि २२ पदका लागि भइरहेको निर्वाचनमा ५० जनाको उम्मेदवारी छ । 

 

प्रतिक्रिया