धनगढी । कैलाली उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि भएको मतदानपछि मतगणना जारी छ । निर्वाचन समितिका अनुसार अहिलेसम्म चार सय मतगणना भएको छ ।
अध्यक्षमा पुष्करराज ओझा र रुपेश स्वाँरबीच कडा प्रतिस्पर्धा छ । चार सय मतगणना हुँदा ओझाले १९९ मत पाएका छन् भने स्वाँरले १८४ मत पाएका छन्
दुई हजार तीन सय ३५ मतदाता रहेकोमा एक हजार नौ सय ४० मत खसेको थियो । नौ पदाधिकारी र १३ सदस्य गरि २२ पदका लागि भइरहेको निर्वाचनमा ५० जनाको उम्मेदवारी छ ।
प्रतिक्रिया