ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा १० करोडमा खुल्यो ‘नेचुरा रिसोर्ट’

बुधबार २२, असोज २०८२ ०१:४४

धनगढी । सुदूरपश्चिम प्रदेशको व्यापारिक केन्द्र तथा अस्थायी राजधानी धनगढीमा सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ । धनगढीमा चिकेन स्टेशन सञ्चालन गर्दै आएका व्यवसायी मदन भट्टले ‘नेचुरा रिसोर्ट’ सञ्चालनमा ल्याएका हुन् । धनगढी उपमहानगरपालिका–३ गुरुद्वारा मार्गमा भट्टले १० करोडको लगानीमा नेचुरा रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । 

औपचारिक उद्धाटनको कार्यक्रम २६ गते रहे पनि आजदेखि रिसोर्ट सञ्चालन भइसकेको छ । रिसोर्टमा रेस्टुरेन्ट, कन्फ्रेरेन्स हलसंगै १७ वटा सुविधासम्पन्न रुमहरु पनि रहेको सञ्चालक भट्टले बताए । उनका अनुसार आठ वटा सुपर डिलक्स र सात वटा डिलक्स रुमहरु छन् । ‘लजका लागि छुट्टै र रेस्टुरेन्टका लागि छुट्टै भवन बनाएका छौं,’ सञ्चालक भट्टले भने, ‘सेवाग्राहीलाई नेचुरल वातावरणमा सेवा दिन हामी तयार छौं ।’ 

भट्टका अनुसार रिसोर्ट खोल्नका लागि तीन करोड जग्गा र सात करोड संरचना गरी १० करोड लागत लागेको छ । सञ्चालक भट्टले कर्पोरेट क्षेत्रका व्यक्तिलाई लक्षित गर्दै रिसोर्ट सञ्चालन गरिएको बताए । 

लज र रेस्टुरेन्टको बिच भागमा रहेको बगैँचाले रिसोर्टको सुन्दरता थपेको देखिन्छ । बगैँचामै पानीको फोहोरो पनि राखिएको छ । 

 

प्रतिक्रिया